माओवादी केन्द्रको प्रदेश-२ को संसदीय दलको नेतामा भरतप्रसाद साह चयन
नेपालखोज
२०७७ चैत २८ गते १३:००

महोत्तरी । नेकपा माओवादी केन्द्रले प्रदेश-२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन भएका छन् ।
यसअघि संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि त्यस पदको जिम्मेवारी महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य साहलाई दिइएको हो ।
त्यस्तै पार्टीको उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप यादव र सचेतकमा रुविकर्ण चुनिएका माओवादी केन्द्रले जनाएको छ । ओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले जानकारी दिए।
काठमाडौंमा रहेको पार्टी कार्यालयमा शुक्रवार बसेको बैठकले २४ घण्टाभित्रमा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने निर्णय गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया