राेकिएन म्यानमारमा सेनाकाे ज्यादती

काठमाडाैं । म्यानमारमा सेनाकाे ज्यादती राेकिएकाे छैन । म्यान्मारको बागो सहरमा त्यहाँकाे सेनाले करिब ८० प्रदर्शनकारीकाे हत्या गरेका छन् । नागरिकहरुले सैनिक कूपछि निरन्तर प्रदर्शन गरिरहेका छन् । अभियन्ताहरुले जनाए अनुसार शुक्रबार पनि सेनाले यहाँ प्रदर्शनकारीमाथि गोली चलाएको थियाे ।
मृतकको शवलाई म्यानमारका आफैं लिएर जान्छन् । यसाे हुँदा मृत्यु हुनेको संख्या कति हाे भन्ने खुलेकाे छैन । हिंसा चर्किएपछि यस शहरबाट ठूलो जनसंख्या अन्यत्र सरेको समाचारहरुमा जनाइएकाे छ । प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले ठूला हतियारहरु प्रयोग गरेका छन् । उनीहरुले प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर नागरिककाे हत्या गरेकाे अभियन्ताहरुले जनाएका छन् ।
फेब्रअरीमा सैनिक कू भएपछि म्यान्मारमा जननिर्वाचित सरकार पुनस्थापनाकाे लागि आन्दोलन चर्किरहेकाे छ । यस प्रदर्शनका क्रममा ६ सयभन्दा धेैरे मारिएका छन् ।
प्रतिक्रिया