आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपालखोज २०७७ चैत २९ गते ११:१३

काठमाण्डाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्ने भएकाे हाे ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार १४ औं महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको हाे ।

साे बैठकमा सरकार गठनका बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले सरकार गठनका विषयमा अन्य राजनीतिक दलहरुसँग छलफल अगाडि बढाएको छ ।

सभापति देउवाले गत शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई बोलाएर नयाँ सरकार गठनबारे छलफल गरेका थिए ।

तर, जसपाले समय माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया