पूर्वराजा ज्ञानेन्द्रलाई भारतमा भव्य स्वागत

नेपालखोज २०७७ चैत २९ गते ११:४०

काठमाडाैं । भारतको हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र कुम्भमेलामा शाही स्नान गर्न हरिद्वार पुगेका हुन् ।

भारतमा नेपालका प्रतिनीधिलाई साधु सन्तले यसरी स्वागत गरिएकाे पहिलाेपटक हाे । याे स्वागतलाई भारतीय साधुसन्तले नेपालमा हिन्दु राष्ट्रकाे चाहना राखेकाे पनि कतिपयले विश्लेषण गरेका छन् ।

स्वागतपछि ज्ञानेन्द्रले दक्षिणकालीकाे पूजा-अर्चना गरेका थिए । त्यस्तै पूर्वराजाले भारतमा रहेका नेपालीहरुसँग भेटघाट गर्ने पनि बताइएकाे छ । भारतमा रहेका नेपालीहरुका समस्याबारे पूर्वराजाले चासाे लिएका छन् ।

आज साँझ ज्ञानेन्द्रले दश हजार साधु सन्तका साथ भाेजन गर्नेछन् ।

प्रतिक्रिया