हैदराबादलाई हराउँदै कोलकताको सुखद सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले हैदराबादलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । चेन्नइको चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा हैदराबादलाई १० विकेटले हराउँदै कोलकोताले सुखद सुरुवात गरेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हैदराबाद निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रनमा समेटियो ।
सुरुवाती ब्याटिङ गरेको कोलकताको स्कोर उकास्न नितिश राना र राहुल त्रिपाठीले अर्धशतकीय पारी खेले । रानाको ८० र त्रिपाठीको ५३ रनको योगदान कोलकताका लागि महत्वपूर्ण रह्यो । त्यस्तै दिनेश कार्तिकले अभिजित २२ रन बनाउँदा शुभमन गिलले १५ रन बनाए । बलिङतर्फ हैदराबादका मोहम्मद नाबी र राशिद खानले समान २/२ विकेट लिँदा भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादका मनिष पाण्डे र जोनी बेयरस्ट्रोले अर्धशतकीय पारी खेले पनि टिमलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । पाण्डेल अभिजित ६१ रन जोड्दा बेयर्स्टोले ५५ रन जोडे । त्यस्तै अब्दुल समदले अभिजित १९ रन बनाउँदा मोहम्मद नाबीले १४ रन जोडेका थिए ।
हैदराबादलाई लक्ष्यसम्म पुग्न नदिन प्रशिद कृष्णले २ विकेट लिँदा शकिब अल हसन, प्याट कमिङ्ग्स र आन्द्रे रसेलले १/१ विकेट लिए ।
प्रतिक्रिया