हामीले चाहँदैमा ओली सरकार ढल्दैन : नेता महत (भिडियो सहित)

नेपालखोज २०७७ चैत ३० गते १६:४९


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले कांग्रेसले चाहँदैमा केपी शर्मा ओली सरकार नढल्ने बताएका छन् । नेपाल खोजको विशेष कुराकानीमा उनले वैकल्पिक सरकार बन्न आफूहरुले मात्रे चाहेर नहुन बताए ।

‘वैकल्पिक सरकार बन्न हामीले चाहेर मात्र हुन्न । माओवादी केन्द्र र जसपाको सहभागिता बिना संख्या पुग्दैन । १३७ चाहिन्छ हामीसँग ६१ मात्र छ । जसपाको एउटा सेक्सन अझै ओलीजीसँग छलफल गरिरहेको छ । निर्णय दिन अझै केही दिन बाँकी छ भनिरहेको छ । त्यसैले हामीले चाहँदैमा ओली सरकार हट्ने छैन,’ उनले भने, ‘हामीले चाहेर केही हुन्न । संसदको अंक गणित चल्छ । त्यसकारण चाहेर पनि यस सरकारको विकल्प निस्कन सकेको छैन । ’

ओली सरकारले जनतालाई निराश मात्रै बनाएको बताउँदै उनले भने, ‘ओलीजीको नेतृत्वमा सरकार बनेको ३ वर्ष भइसकेको छ । उहाँले नेपाली जनतालाई पुरै निराश बनाउनुभयो, भष्टाचार चरमचुलीमा छ, बेथिती छ, विभेद छ, यसले देश र जनतालाई क्षती नै गरेको छ । हामी चाहन्छौं यो सरकारको चाँडो भन्दा चाँडो बहिर्गमन होस् ।’

नेता महतले कांग्रेसको अहिलेको मुख्य लक्ष्य भनेकै आउँदो चुनावमा एकल बहुमत कसरी ल्याउने भन्ने रहेको पनि बताए । ‘अहिले नेपाली कांग्रेसको मुख्य लक्ष्य भनेको आउँदो चुनावमा एकल बहुमत नै कसरी ल्याउने भन्ने रहेको छ । यो बीचको जुन अवधि रहेको छ अल्पकालीन अवधि, यसबीचको अवधिमा कांग्रेसको सरकार बन्यो भने आम नेपालीलाई फाइदा हुन्छ,’ उनले भने, ‘किनभने कांग्रेसको सरकार बन्यो भने आउँदो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने सम्भावना छ । हामीले चाहेर पनि दरुपयोग गर्न सक्दैनौ । पहिलो कुरा हामी दुरुपयोग गर्न नै चाहदैँनौ।’

यसबिचको समयमा वैकल्पिक सरकार बनाउ भन्नुको प्रमुख उद्देश्य स्वतन्त्र, निष्पक्ष र धाधलीरहित निर्वाचन गराउँनु रहेको बताउँदै नेता महतले धाधलिरहित निर्वाचनको लागि वैकल्पिक सरकारको आवश्यकता रहेको पनि औंल्याएका छन् ।

भिडियो हेर्नुहास्

प्रतिक्रिया