दोलखामा जिप दुर्घटना, चारजनाको मृत्यु
नेपालखोज
२०७७ चैत ३१ गते ८:२०

काठमाडौं । दोलखाको बिगु गाउँपालिकाको लादुकमा एउटा जिप दुर्घटना भएको छ ।
सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिकातर्फ जाँदै गरेको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन् ।
पाँचजनाको अवस्था चिन्ताजनक छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ४५ वर्षीया अजिता खत्री, २४ वर्षीया चण्डिका थापा, ५२ वर्षीया राधा खड्का र ३५ वर्षीय मिलन केसी छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दुर्घटना गएराति साढे १० बजे दुर्घटना भएको हो।
सम्बन्धित
प्रतिक्रिया