वीरगन्ज नर्सिङ क्याम्पसका २२ जनामा काेराेना
नेपालखोज
२०७८ वैशाख १ गते ९:३८

वीरगंज । वीरगंजमा रहेका शैक्षिक संस्थामध्ये वीरगंज नर्सिङ क्याम्पस अहिले कोरोनाको हटस्पट बनेको छ। कलेजमा अध्ययनरत विद्यार्थीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीन दिनयता वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा नर्सिङ क्याम्पसका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रमाणपत्र तह नर्सिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु सबैभन्दा बढी सङ्क्रमित भएका छन्। त्यसैगरी केही कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। कोरोना सङ्क्रमणको हटस्पट क्याम्पस बनेपछि विद्यार्थीहरुमा त्रास फैलिएको छ।
सम्बन्धित
प्रतिक्रिया