जापानद्वारा नागरिकमाथिको दमन तत्काल रोक्न म्यानमारको सेनालाई आग्रह

टोकियो । जापानले नागरिक माथिको दमन तत्काल रोक्न म्यानमारको सेनालाई आग्रह गरेकाे छ । म्यानमारको राजनीतिक संकटप्रति चासो ब्यक्त गर्दै जापानले नागरिक माथिको आक्रमण तत्काल रोक्न त्यहाँको सेनालाई आग्रह गरेको हाे । टोकियो स्थित विदेश मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री मोतेगी तोसिमिचुले प्रजातन्त्रप्रति बिश्वाश गर्दै नागरिक माथिको दमन तत्काल रोक्न म्यानमारको सेनालाई आग्रह गरेकाे बताइएकाे छ ।
‘म्यानमारमा उत्पन्न समस्याका विषयमा हामी अमेरिका लगाएतका देशहरुसंग पनि छलफल गरिरहेका छौ’ उनले भने ‘सयो संगै हामी नागरिक माथिको आक्रमण लगाएतका केही बिषयमा गम्भीर हुन म्यानमारको सेनालाई आग्रह पनि गर्दछौ । ‘म्यानमारका बिषयमा अबस्था अनुसार कसरी अगाडी बढ्ने भन्ने बिषयमा विभिन्न देशसंग परामर्श भैरहेको तर नागरिक माथिको आक्रमण अन्त्य, नजरबन्दमा राखिएका सबैको रिहाइ र प्रजातान्त्रिक प्रणालीको पुनर्स्थापना पहिलो शर्त भएको उनले प्रष्ट पारेका छन् ।
अन्तराष्ट्रिय आर्थिक सहायतालाइ निरन्तरता दिएको भन्ने बिषयलाई भने उनले अस्विकार गरेका छन् । ‘म्यानमारमा राजनीतिक संकट गहिरिदै जादा पनि अन्तराष्ट्रिय आर्थिक सहायताले निरन्तरता पाएको जस्तो लाग्छ’ भनि पत्रकारले सोधेको प्रश्नमा मंत्री मोतेगीले ‘सके त्यो अहिले निरन्तर छ ? भनि प्रतिप्रश्न गर्दै जवाफ दिएका थिए ।
यसको अर्थ जापानले म्यानमारलाइ गर्दै आएको आर्थिक सहायता बन्द गरेको छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि त्यहाँ राजनीतिक समस्या बल्झिदै गैरहेको छ । सैनिक शासनका बिरुद्दमा सडकमा उत्रिएका नागरिकहरु सेनाले आक्रमण गरेको भन्दै अन्तराष्ट्रियस्तरबाट त्यसको चर्को बिरोध भैरहेको छ ।
प्रतिक्रिया