बुधबार, वैशाख १७, २०८२

पुटिनले अमेरिकालाई दुश्मन भनेपछि वाइडेन र पुटिनबीच फोनवार्ता

नेपालखोज २०७८ वैशाख १ गते १२:४०

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच फोनमार्फत् कुराकानी भएको छ । पुटिनले अमेरिकालाई दुश्मन भनेको थिए । त्यसलाई लिएर ह्वाइटहाउसले चासाे देखाएकाे थियाे । चासाे लिएर वाइडेनले पुटिनलाई फोन गरेका थिए ।

यसकाे जानकारी ह्वाइटहाउसले विज्ञप्तिमार्फत् दिएकाे हाे ।

‘राष्ट्रपतिले रुसी कब्जामा रहेको क्राइमिया र युक्रेनको सीमा वरपर रुसले एक्कासि सैन्य उपस्थिति बढाएकोबारे चासो व्यक्त गरेका थिए र रुसलाई तनाव कम गर्न भनेका थिए’, ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, बाइडेनले कुराकानी क्रममा राष्ट्रिय स्वार्थ रक्षाका लागि अमेरिकाले सबै कमद चाल्ने बताएका थिए । ‘साथै राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वार्थको रक्षाका लागि अमेरिकाले प्रतिबद्ध भएर साइबर हमला तथा हस्तक्षेप जस्ता रुसी क्रियाकलापको कडा जवाफ दिने भनेर प्रस्ट पार्नु भएको थियो’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया