बुधबार, वैशाख १७, २०८२

नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्रीबाट शुभकामना

नेपालखोज २०७८ वैशाख १ गते १२:५१

सिड्नी । नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुभकामना दिएका छन् ।

उनले अष्ट्रेलिया एवं विश्वकाे कुनाकुनामा रहेका नेपालीहरुलाई शुभकामना दिएका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मरिसनले साे शुभकामना प्रदान गरेका हुन् ।

उनले नेपालीहरुकाे शान्ति र सुरक्षाको कामना गरेका छन् ।


‘नयाँ वर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्भूत सँस्कृतिका बारेमा अनुभव गराउने सुनौलो अवसर पनि हो,’ भनी उनले विज्ञप्तिमा लेखेका छन् ।

प्रतिक्रिया