शुक्रबार, चैत १६, २०८०

स्वर्गद्वारी नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

नेपालखोज २०७८ वैशाख १ गते १३:५७

प्युठान । नयाँ वर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु १ ज १६५५ नम्बरको जीप प्युठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपका चालकसहित दुई जनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारका क्रममा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए । घटनामा अन्य ११ जना घाइते छन् ।

घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिए।

जीप स्वर्गद्वारी जाँदै गर्दा बुधबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको भुषालले बताए । घटनामा केही गम्भिर घाइते छन् ।

प्रतिक्रिया