कोरोना अपडेट : २४ घण्टामा ६०३ जनामा सङ्क्रमण पुष्टि
नेपालखोज
२०७८ वैशाख १ गते १७:१३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधवार कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिले नेपालमा चार हजार ५६ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया