अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने
नेपालखोज
२०७८ वैशाख २ गते १०:३८

काठमाडाैं । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गरेकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गरेका हुन् ।
बाइडेनले आगमी सेप्टेम्बर ११ बाट यसको सुरुवात गर्ने घोषणासमेत गरे । बुधबार ह्वाइट हाउसको एक समारोहमा बोल्दै बाइडेनले यस्ताे बताएका समाचार एजेन्सीहरुमा उल्लेख छ ।
अमेरिकाले सेप्टेम्बर ११ मा अफगानिस्तानबाट २५ सय अमेरिकी सैनिक फिर्ता लैजाने भएकाे हाे ।
सन २००१ को सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकामा आक्रमण गरेपछि तालीवानविरुद्ध लड्न भन्दै अमेरिकले आफ्ना सेना अफगानिस्तान पठाएको थियो । अहिले अफगानिस्तान करिब ७ हजार अमेरिकी सेना रहेकाे पनि समाचारहरुमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया