शुक्रबार, जेठ ३, २०८२

रसुवामा ट्रिपर दुर्घटना, प्रधानाध्यापकसहित २ जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख २ गते १०:४८

रसुवा । रसुवामा ट्रिपर दुर्घटना हुँदा प्रधानाध्यापकसहित एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी कालिका गाउँपालिका–१ ग्राङका वर्ष २७ का राजेन्द्र तामाङ र उनका २५ वर्षीय भाइ सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

कालिका गाउँपालिका–१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिपर पासाङल्हामु सडकको स्याउबारीमा दुर्घटनाग्रस्त भएको हो ।

मृतक राजेन्द्र तामाङ ग्राङ आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् ।

त्यस्तै दुर्घटनामा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि नुवाकोट पठाइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया