बिहीबार, चैत १५, २०८०

नाटकघर बन्द हुँदा सडकमै नाटक (भिडियोसहित)

नेपालखोज २०७८ वैशाख २ गते ११:५१

काठमाडौं । कोरोनाका कारण २०७७ साल नेपाली कला क्षेत्र पनि प्रभावित बन्यो । कलासँग सम्बन्धित गतिविधि ठप्प प्राय: भए । यसै मेसोमा नेपालखोजले रंगकर्मी घिमिरे युवराजसँग संवाद गरेको छ ।

यस्तो छ उनको भनाइ :
कोरोनाको कारण एक वर्ष नाटकघरहरु नभएको जस्तै भयो । आर्थिक संकटका कारण र नाटकलाई मात्र होइन यहाँ हुने सम्पूर्ण साहित्यक क्रियाकलाप ठप्प भए । कोभिडका समयमा पनि अनलाइन माध्ययमबाट नाटक देखाउन र लकडाउन खुकुलो भएको बेला कोभिडको नकरात्मक प्रभावमा परेकालाई मानसिक स्वास्थ्य बनाउन खुला स्थानमा वा सुरक्षा मापदण्ड अपनाएर नाटकले केही राहत दिन सकिने थियो । हामी आर्थिक संकटमा पर्‍यौं । राज्यबाट सहयोग पनि भएन । राज्यलाई नाट्यकर्म हुन र नहुनुमा केही फरक पर्दैन ।

यो वर्ष नेपालभर नै थिएटरमा नाटक हुँदै भएन । यस क्षेत्रमा भएका अथवा नाटक गर्दै आएका केही व्यक्तिहरु विभिन्न आन्दोलन अथवा जातीय विभेदविरुद्धको लगायत अन्य आन्दोलनमा सडक नाटकमा सहभागी भए ।

थप भिडियोमा हेरौं :

प्रतिक्रिया