बागलुङ बजारस्थित हार्डवेयर पसलमा आगलागी
नेपालखोज
२०७८ वैशाख ३ गते ११:१७

बागलुङ । पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएको छ ।
दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान गरिएको छ । यसै साता बानपा–३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुराँमा आगलागी हुँदा रु १३ लाखको क्षति भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया