सरकारी छात्रवृत्तिमा अध्ययन गर्नेलाई निजीमा अभ्यास नगर्न निर्देशन

काठमाडौं । सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकहरुलाई निजी अभ्यास (प्राइभेट प्राटिक्स) नगराउन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा डीएम, एमसीएच, एमडी, एमएस, एमडीएस अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले सबै प्रतिष्ठान, सङ्घीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई पत्राचार गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार सरकारी छात्रवृृत्तिमा चिकित्सक विषय बढेका विशेषज्ञ चिकित्सकहरुले प्राइभेट प्राटिक्स नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएकी हुन् ।
मन्त्रालयले विषेशज्ञ चिकित्सकहरुलाई अस्पतालको आवश्यकताका आधारमा फस्ट अनकल ड्युटि (इमरर्जेन्सी) मा सहभागी हुन निर्देशनसमेत दिएको छ ।
प्रतिक्रिया