प्रधानमन्त्रीबाट राजीनामा दिएर ओलीले पार्टी एकताको नयाँ विकल्प खुला गर्नुपर्छ : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा अध्यक्ष नेपालले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको खण्डमा सोही अनुसार पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्ने बताएका हुन् ।
‘असंवैधानिक रुपमा गरिएको संसद विघटन सर्वोच्चबाट बदर भएसँगै पार्टी एकताको नयाँ विकल्प पनि खुला भएको छ । तर, त्यसका लागि केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्छ,’ उनले भने ।
ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको खण्डमा सोही अनुसार पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्न सक्ने र सोही अनुरुप आफूहरुको रणनीति तयार हुने उनले बताएका छन् ।
उनले भने, ‘संसद अधिवेशन अघि नै उहाँले राजीनामा दिएमा पार्टी एकताको सम्भावना बलियो बन्ने छ । तर राजीनामा नदिएमा हामी अविश्वासको प्रस्ताव ल्याउने छौँ ।’
आफै राजीनामा नदिएमा अविश्वासको प्रस्तावबाट ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि मात्रै पार्टी एकताको विकल्प कस्तो हुने भन्ने तय गर्न सकिने नेता नेपालले बताएका छन् ।
प्रचण्ड–नेपाल समूह ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउने रणनीतिमा छ । तर, दाहालले आफू प्रधानमन्त्री नबन्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया