शुक्रबार, वैशाख ७, २०८१

मेटलाइफ नेपालका ग्राहकले अब बीमा दाबी अनलाइनबाटै गर्न सक्ने

नेपालखोज २०७८ वैशाख ३ गते १२:२८


काठमाडौं । मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्नेछन् । यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दावी टोलीले तुरून्त दावी प्रक्रिया शुरु गर्नेछ । ग्राहकले अनलाइन दाबी प्रक्रिया पूरा गर्न सरल चरणबद्ध निर्देशनहरु अनुसरण गर्न सक्दछन् ।


अनलाइन बीमा दरखास्त, प्रीमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको मेटलाइफ नेपालले अनलाइन बीमा दाबी गर्न सकिने यो नयाँ पहल कम्पनीको सेवालाई ग्राहकहरुमाझ सरलीकृत तथा डिजिटल सेवा प्रदान गर्न चालेको अनेकन कदमहरूको एक अंश हो ।


मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्छन, “हामी बुझ्छौं कि बीमा दावी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति हो, त्यसैले हामीले हाम्रो बीमा दावी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेका छौं । ग्राहक केन्द्रित कम्पनीको रूपमा स्थापित हामी हाम्रा ग्राहकहरुका लागि डिजिटल अनुभवहरूको निरन्तर सुधार तर्फ अग्रसर रहिरहने छौं । जसबाट वहाँहरुले हाम्रा कार्यालयहरूमा भौतिक रूपमा उपस्थित नभई नै हाम्रा सम्पूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया