शनिबार, असार २१, २०८२

सुनको मूल्य सात सयले बढ्यो, चाँदीको कति ?

नेपालखोज २०७८ वैशाख ३ गते १३:३३

काठमाडौं । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार मूल्य पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

शुक्रबारको सुनको मूल्य गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै चाँदीको मूल्य आज १० रुपैयाँले बढेको छ । आज १० रुपैयाँले बढेसँगै चाँदीको मूल्य प्रतितोला १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया