सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालको नाम सर्वसम्मतले अनुमोदन
नेपालखोज
२०७८ वैशाख ३ गते १७:०९

काठमाडौं । सङ्घीय संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया