बिहीबार, वैशाख ६, २०८१

त्रिकोणात्मक ट्वान्टी-२० शृखंलाको ट्रफी सार्वजनिक

नेपालखोज २०७८ वैशाख ३ गते १७:३७

काठमाडौं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी-२० शृखंलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ ।

शनिबारबाट कीर्तिपुस्थित त्रिभुवन विश्व विद्यालयमका आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच पनि आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटल देखी मैदानसम्म सबै प्राब्धान अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताए ।

त्यस्तै क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृखंला सम्पन्न गर्नु निकै चुनौतिपूर्ण रहेको बताए । कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृखंलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताए ।

प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृखंलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिए । शृखंलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ ।

प्रतिक्रिया