लामो खडेरीपछि वर्षा हुँदा किसान खुसी, डढेलो पनि निभ्यो

नेपालखोज २०७८ वैशाख ४ गते ७:३३

काठमाडौं । लामो खडेरीपछिको पर्खाइपछि बर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश भू–भागमा पानी परेपछि किसान खुशी भएका छन् ।

पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् ।

लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने किसानहरुको भनाई छ ।

पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया