शनिबार, वैशाख १३, २०८२

नयाँ अनुसन्धान रिपोर्ट भन्छ – हावाबाट पनि कोरोना फैलिरहेको छ

नेपालखोज २०७८ वैशाख ४ गते ८:२८

नयाँ सालमा नयाँ कोभिड १९ महामारी भयावह बन्दै जाने संकेत देखा पर्न थालेको छ । भनिंदैँछ, आगामी दिनहरुमा कोरोनाको संक्रमण अझ विकराल हुनेछ । दोस्रो चरणमा म्यूटेसनका कारण कोरोना भाइरस अझ बलियो भएर खतरनाक र संक्रामक भएको दाबी गरिदैछ । आगामी मे महिनामा कोभीडको कहर झनै बढ्ने प्रक्षेपण विश्व स्वास्थ संघठन (डब्लुएचओ) को छ ।

स्वास्थमन्त्री ह्र्दयेश त्रिपाठीले आगामी दुई महिना नेपालमा कोरोना प्रकोप थप बिस्तार हुने बताईसकेका छन् । अहिले उपलब्ध कोरोना बिरुद्धका भ्याक्सिनहरु कति प्रभावकारी छन् भन्ने ठोस् जानकारी बैज्ञानिकहरुसँग पनि छैन् ।

अर्कातिर ‘कांस्पिरेसी थेउरी’ वालाहरु भन्छन् – यो कोरोना-सोरोना केही होईन । कतिपय मानिसहरु सधैं आफ्नो अज्ञानता समाजमा फैल्याउँन लागिपरिरहेका हुन्छन् । उनिहरु भनिरहेका छन् ‘कोरोना साधारण रुघाखोकी मात्र हो।’ उनिहरुको भनाइमा कोभिडको भ्याक्सिन तथा दवाई बिक्रेता अनि मेडिकल माफियाहरुले मानिसहरूलाई डर–त्रास देखाइ पैसा कमाउने खेल खेलिरहेका छन् । गौमूत्र, गोवर, बेसार पानी, मरिच, गुर्जाे, पूजापाठ र झारफुक आदिले कोरोना निको हुन्छ भन्ने दाबी पनि कतिपयको छ ।

स्वयं हाम्रा प्रधानमन्त्री केपि शर्मा वलीलेसमेत कोरोनालाई निकै हल्का रुपमा लिदै यसको मजाक उडाउँदै आएका छन् । यसै साता मात्र उनले अम्बाको पात माडेर मुखमा गारगुर गर्यो भने कोरोना चट हुन्छ भन्ने अभिव्यक्ती दिएका थिए । जुन भिडियो समाजिक सञ्जालमा भाईरल भएको छ । यस्तै अप्रमाणित कुराहरु पत्याएर कैयौं पढेलेखेका बुद्धिजिवीले पनि कोरोनालाई हल्का रुपमा लिदाँ ज्यानसम्म गुमाउनु परेको छ ।

यसबीचमा एक रिसर्चले एउटा अर्को डरलाग्दो दाबी गरेको छ । संसार प्रसिद्व हेल्थ रिसर्च जर्नल लेसेटमा प्रकाशित एक रिभ्युअनुसार कोरोना भाईरस हावामासमेत फैलन्छ । उक्त अनुसन्धान रिपोर्टमा कोरोना भाईरसलाई लिएर अहिलेसम्म भएका अलग-अलग स्टडीको रिभ्यु गर्दै आफ्नो तर्क स्थापित गर्ने प्रयास गरिएको छ ।

रिभ्युकी मुख्य लेखक अक्सफोर्ड युनिभर्सिटिकी प्राध्यापक त्रिश ग्रिनहाल भन्छिन् – यो नयाँ तथ्य अगाडि आएसँगै अब डब्लुएचओसमेतले अन्य हेल्थ एजेन्सीहरुले कोरोना भाइरसको ट्रान्समिशन सम्बन्धि परिभाषा बदल्नु पर्ने भएको छ । उनकाअनुसार अहिलेसम्म फिजिकल डिस्टेन्स, मास्कसमेत जे-जति नियम बनाईएका छन् ति यो भाइरस रोक्न प्रयाप्त छैनन् ।

विज्ञहरुले गहन अध्ययनपछि मात्र उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । अमेरिका, बेलायत, क्यानाडासहित विभिन्न मुलुकका जानकारहरु सहभागी भएको उक्त अनुसन्धानमा जोस लुइस जीमेनेज, (कोअपरेटिव इन्स्टिच्यड फर रिसर्च इन इन्भारनमेंटल साइन्स) का केमिस्ट तथा कोलोराडो युनिभर्सिटिका एक्सपर्टहरुले पनि भाग लिएका थिए ।

यो अनुसन्धान प्रतिवेदनअनुसार कोरोना भाईरस हावाबाट पनि फैलने भरपर्दाे प्रमाण फेला परेको छ । त्यसैले यो मतलाई अस्विकार गर्न वा हल्का रुपमा लिन सकिँदैन ।

प्रतिक्रिया