कर्णाली प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत : भट्टराई
नेपालखोज
२०७८ वैशाख ४ गते ९:५४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कर्णाली प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दिएको बताएका छन् ।
उनले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्ने रहेकोमा जोड दिए । कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएकोसमेत उनले स्पष्ट पारे ।
सामाजिक सञ्जालमार्फत मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नछर्न पनि उनले आग्रह गरे । कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न र सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने कुरा नबिर्सन पनि उनको आग्रह छ । कर्णालीको सन्देशलाई बुझेर भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने भट्टराईले दावी समेत गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया