सभामुखमाथि जंगिए प्रधानमन्त्री ओली, संसद्लाई बन्धक बनाएको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुख अग्नि सापकोटामाथि आक्रोस पोखेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाएका हुन् । सभामुखकै कारण संसद बन्दक बनेको ओलीको आरोप छ ।
प्रधानमन्त्री ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे ।
बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए । ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’
बैठकमा आफूले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा लोहनीले बताए ।
प्रतिक्रिया