शुक्रबार, वैशाख १४, २०८१

कोरोना अपडेट : थप सातको मृत्यु, ८४३ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ वैशाख ४ गते २०:४५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार चारजनाको नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप सातजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीमध्ये दुईजनाको गत चौबीस घण्टामा मृत्यु भएको हो भने पाँचजनाको शनिबार मात्रै रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८३ हजार ६५८ पुगेको छ । जसमध्ये थप २२६ सहित दुई लाख ७५ हजार ३८ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म तीन हजार ७५ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ५४५ छ भने ७४ जना क्‍वारेन्टिनमा छन् ।

प्रतिक्रिया