‘ओली सरकार परिवर्तनको तयारी भइरहेको छ’

नेपालखोज २०७८ वैशाख ४ गते २१:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तयारी पनि तीव्र रुपमा अघि बढेको बताएका छन् ।

काठमाडौंमा शनिबार शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को उद्घाटन कार्यक्रममा प्रचण्डले संघीय सरकार परिवर्तनका लागि आफू लागिरहेको बताएका हुन् ।

हिजो (शुक्रबार) कर्णाली प्रदेश सरकारमा देखिएको समस्या समाधान भएको, गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको र लुम्बिनीमा पनि सरकार परिवर्तनका लागि बहुमतको हस्ताक्षर संकलन भइसकेको उनको दाबी छ ।

फरक प्रसंगमा उनले तत्कालीन नेकपामा हुँदा अर्का अध्यक्ष केपी शर्मा ओलीले शिक्षकलाई पार्टीको जिम्मेवारी दिन नहुने पक्षमा भए पनि आफूले शिक्षकलाई राजनीतिमा समावेश गर्नैपर्ने अडान राखेको सुनाए ।

शिक्षक राजनीतिभन्दा टाढा रहन नमिल्ने भन्दै प्रचण्डले आगमी केन्द्रीय कमिटीको बैठकमार्फत शिक्षकलाई पार्टीको जिम्मेवारी दिनेबारेमा एजेन्डा राखेरै निर्णय गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
-फाइल तस्बिर

प्रतिक्रिया