शनिबार, असोज १९, २०८१

बाबुरामको राजनीतिक यात्रा : घुमिफिरि रुम्जाटार

नेपालखोज २०७९ पुष २४ गते ७:१७

काठमाण्डौं । वैकल्पिक राजनीतिले परम्परागत शक्ति ढाल्ने अभिलाषा बोकेर २०७२ सालमा माओवादीबाट अलगिएका बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुर्नमिलनको चर्चा सुरु भएको छ । माओवादीबाट अलग्गिएपछि प्रचण्डले एक टेलिभजन अन्तर्वार्तामा बाबुरामलाई आफूले ३० वर्ष झेलेको भन्दै अरूले एक वर्ष झेलेर हेर्न चुनौती दिएका थिए । बाबुरामले २०७३ मा नयाँ शक्ति पार्टी खोले ।

करिब ३ बर्ष नयाँ शक्ति पार्टी जेनतेन चलाएका उनले आफ्नो पार्टीलाई २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरम सँग एकता गरे । फेरि २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा)मा वरिष्ठ नेता बनेका बाबुराम अन्तत जसपाबाट पनि अलग भएरनेपाल समाजवादी पार्टी (नेसपा)गठन गरे । पार्टी गठन लगत्तै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएका बाबुरामले माओवादी केन्द्रको चुनाव चिन्ह लिएका थिए ।

अन्तत: प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् । शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

प्रतिक्रिया