नयाँ सरकार गठनको कसरत जारी रहेका बेला कांग्रेस बैठक बस्दै
नेपालखोज
२०७८ वैशाख ५ गते ९:२१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनकाअनुसार आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।
आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय यसअघि नै गरिसकेको कांग्रेसले यही बिषयमा छलफल गर्न बैठक बोलाएको हो । त्यसैगरी पार्टीको आगामी महाधिवेशनको बारेमा पनि छलफल हुने बताइएको छ ।
यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया