प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले सम्बोधन गर्ने

नेपालखोज २०७८ वैशाख ५ गते १०:२४

काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ । जारी हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरुले प्रदेश सभामा अवरोध गर्दै आएका छन् ।अन्य प्रदेशमा जस्तै मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र सरकार पुर्नगठनको तयारी गरेका विपक्षी दलले प्रदेश सभा चल्न दिएका छैनन् ।

जसकारण मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले यो अधिवेशन नै अन्त्य गर्ने तयारी गरेको स्रोतले जनाएको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेको बुझिएको छ ।

तर नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मागहरू पूरा नगरेमा बैठक नै चल्न नदिने तयारी गरेका छन् ।

उनीहरूले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम चालु गर्नुपर्ने लगायत मागहरू राखेका छन् ।

प्रतिक्रिया