खाद्यान्नको मूल्य बढिरहँदा पनि किन उठ्दैन आवाज ?

काठमाडाैं । नेपाली बजारमा खाद्यान्नको मूल्य लगातार बढिरहेको छ । तेलको मूल्य बढेको समाचारहरुलाई एकदमै महत्व दिइए पनि खाद्यान्नकोे मूल्य बढ्दा भने आवाज कमै मात्र उठ्ने गरेको छ ।
विशेषगरी आम जनताले उपभोग गर्ने खाद्यान्नको मूल्य लगातार बढ्दा अवाज उठाउनुपर्ने हो तर त्यसको आवाज नउठ्नु दुखको कुरा हो । उपभोक्ता हित संरक्षण मञ्च पनि यसकाप्रति खासै चासो लिँदैन । यसकारण आम उपभोक्ताले मूल्यवृद्धिबाट ढाड सेक्नुपरेको अवस्था छ । खानेपानीको महशुलदेखि दिएर दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धिका सन्दर्भमा कमै मात्र आवाज उठेको हामीबाट छिपेको छैन ।
पसलहरुमा मनमौजी तवरले खाद्यान्नकाे मूल्य गरिने कुरा आम मानिन्छ ।
नेपालमा पसैलैपिच्छे एउटै सामानको फरक फरक भाउ पाइन्छ । यसलाई नियन्त्रण र समन्वय गर्ने काम कुनै पनि निकायबाट राम्ररी हुन पाएको छैन । फरक फरक भाउमा खाद्यान्नको भाउ हुँदा पनि व्यापारीहरुलाई कारबाही नहुनु साह्रै लज्जाकाे विषय हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई हेर्ने हो भने गत कार्तिकमा मात्र मूल्यवृद्धि गर्ने सरकारको लक्ष्य रहेपनि राष्ट्र बैंकले मूल्यवृद्धि सीमाभित्र राख्न नसकेपछि बजारमा महँगी बढेको बताइएको छ । नियन्त्रण र समन्वय गर्ने निकायको तदारुकता नहुँदा यस्तो अवस्था सिर्जना भएको हो ।
प्रतिक्रिया