कोरोना अपडेट : एकैदिन थपिए १ हजार ९६ संक्रमित, २६२ जना डिस्चार्ज

नेपालखोज २०७८ वैशाख ५ गते १६:३७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज देशभरबाट ५ हजार ८४ नमुनाको पिसिआर परीक्षण र ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा पिसिआर विधिबाट १ हजार १५ र एन्टिजेन विधिबाट ८१ जना गरि जम्मा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ ।

आज देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन्, जसमध्ये संस्थागत आइसोलेसनमा ५ सय ७६ जना र होम आइसोलेसनमा ५ हजार ७ सय १४ जना रहेका छन् । हाल देशभर १ सय १६ जना आइसीयूमा रहेका छन् ।

प्रतिक्रिया