शुक्रबार, जेठ ३, २०८२

भाउजूको हत्या गरेको अभियोगमा एक पक्राउ

नेपालखोज २०७८ वैशाख ५ गते १६:३२


काठमाडौं । आफ्नै भाउजु ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौं महानगरपालिका–१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएको भन्ने खबर प्राप्त भएकाे थियाे ।

साे खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गरेकाे थियाे । साे क्रममा निज महानगरीय प्रहरी परिसर काठमाडौंमा आफै उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया