बिहीबार, चैत १५, २०८०

मुख्यमन्त्रीले बोल्नै नपाएपछि प्रदेश १ को सातौं अधिवेशन अन्त्य

नेपालखोज २०७८ वैशाख ५ गते १७:१७

काठमाडौं । प्रदेश १ को सातौं हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आज (आइतबार) राति १२ बजेबाट सातौं हिउँदे अधिवेशन अन्त्य हुने घोषणा गरे ।

आजको अन्तिम बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर सम्बोधन गर्ने भने पनि प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख भण्डारीले विरोधकै बीच अधिवेशन अन्त्य भएको जानकारी सदनलाई गराएका हुन् ।

प्रदेश १ मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले विज्ञप्ति जारी गर्दै संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि प्रदेशसभाको सातौं तथा चालु हिउँदे अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया