कर्णालीका नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण

नेपालखोज २०७८ वैशाख ५ गते १९:१९

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि शनिवार मन्त्रिमण्डल विस्तार गरेका थिए ।

आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्द सिंह बुढा, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाहीले शपथ ग्रहण गरेका हुन् ।

एमालेका चार जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । मुख्यमन्त्री शाहीले चार जनामध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया