‘श्रमजीवी पत्रकारको हित र पत्रकारिताको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने महासंघको प्रतिवद्धता’

नेपालखोज २०७८ वैशाख ६ गते ३:००

काठमाडौं । नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आइतबार महासंघ केन्द्रीय कार्यालयमा बसेको छ । नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ५निर्णयहरू पनि गरेको छ ।

बैठकले २६औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने सबै पक्षप्रति धन्यवाद ज्ञापन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित र पत्रकारिताको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै, बैठकले प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बविन शर्माको घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको तथा उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलगायतका सञ्चारकर्मीलाई पक्राउ गर्ने उद्देश्यले खोजतलास गरिरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले यो कार्यको भत्र्सना गर्दै पत्रकारहरूलाई आतंकित पार्ने काम तत्काल रोक्न राज्यको ध्यानाकर्षण पनि गराएको छ ।
त्यस्तै, केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको बैठकले ध्यानाकर्षण गराएको छ । भने कोरोना संक्रमणबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका लागि पहल गर्ने पनि बैठकले प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया