काठमाडौँ नगरको मेयरसमेत रहेका पूर्वमन्त्री सुवालको निधन

नेपालखोज २०७८ वैशाख ६ गते १०:२२

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ ।

आइतबार बेलुकी आफ्नै निवास झोछेँमा उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

प्रजातन्त्रका लागि लडेका उनी लामो समय नेपाली काँग्रेसमा सक्रिय राजनीति गरेका थिए ।

पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर भएका थिए ।

परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गर्दै उनले समाजसेवीको परिचयसमेत बनाएका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया