शुक्रबार, वैशाख १४, २०८१

मन्त्रिपरिषद् बैठक : विद्यालय, फिल्म हल, रंगशाला वैशाख मसान्तसम्म बन्द

नेपालखोज २०७८ वैशाख ६ गते ११:१०

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लब, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्विमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बताइएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले रंगशालाका हकमा दर्शकरहित खेल गतिविधि भने सञ्‍चालन गर्न पाइने निर्णय गरेको छ । यसो हुँदा नेपालमा जारी त्रि-देशीय ट्‌वान्टी-ट्‌वान्टी क्रिकेट सिरिज दर्शकबिना सञ्‍चालन हुनेछ ।

अब विद्यालयहरु वैकल्पिक माध्यमबाट पठनपाठन रहुनेछन् भने परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्‍चालन हुनेछ ।

पुनःस्थापित संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को‌ निर्णय

प्रतिक्रिया