नेप्सेमा उच्च गिरावट कायमै

नेपालखोज २०७८ वैशाख ६ गते १६:००



काठमाडौं । नेप्सेको उच्च गिरावटले आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से आज सोमबार पुुन ३७ दसमलव ५८ अंकले घटेर २६ सय ६१ दसमलव ९३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ सात दसमलव छ अंकले घटेर चार सय ७९ दसमलव १० अंकमा पुगेको छ । नेप्सेमा आज दुुई सय १३ वटा कम्पनीहरुको ७३ हजार पाँच सय ८२ पटकको कारोवारमा एक करोड ४२ लाख सात सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोबार रकम छ अर्ब ७६ करोड ६८ लाख एक हजार दुई सय २४ रुपैयाँ पुगेको छ ।


१३ वटा समुहको कारोवार भएकोमा आज जलबिद्युुत् र फाईनान्स समुहहरुको सुचक क्रमश तीन दशमलव १८ र छ दसमलव १७ अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् । ती मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव ८५ अंकले घटेर १८ सय ३६ दसमलव दुई अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ३९ दसमलव १३ अंकले घटेर १३ हजार दुुई सय ४६ दसमलव ५८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २९ दसमलव ७७ अंकले घटेर १७ हजार एक सय ६६ दसमलव ७२ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेका छन् ।


आज ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९८ प्रतिसतले बढेर छ सय ८३ रुपैयाँमा कारोवार भएकोमा चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८० प्रतिसतले घटेर २१ सय ७३ रुपैयाँमा कारोवार भएको छ । आज नागरिक लगानी कोषको सबैभन्दा बढी अर्थात प्रतिकित्ता तीन हजार नौ सय ९४ रुपैयाँ अन्तिम मुल्यमा २८ करोड ३४ लाख ४७ हजार एक सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया