त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपालकाे दोस्रो जित
नेपालखोज
२०७८ वैशाख ६ गते १६:१४

काठमाडाैं । नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा लगातार दोस्रो जित हात पारेकाे छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएकाे खेलमा मलेशियालाई नेपालले नाै विकेटले हराएकाे हाे ।
मलेशियाले दिएको ११० रनको लक्ष्य नेपालले १२.१ ओभरमै पूरा गरेकाे थियाे ।
कमजाेर ब्याटिङ गरेकाे मलेशियाले नेपाली टाेलीकाे ब्याटिङ लाइनलाई आउट गर्न सकेन ।
घरेलु मैदानमा नेपालले दर्शककाे राम्राे सहानुभूति पाएकाे थियाे ।


सम्बन्धित
प्रतिक्रिया