बिहीबार, वैशाख १३, २०८१

जन्मदिनमै कोरोना संक्रमण पनि

नेपालखोज २०७८ वैशाख ६ गते १८:५१

काठमाडौं । आज वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन हो ।

आज सामाजिक सन्जाल लगायत विभिन्न माध्यम बाट नेपालका अत्यन्तै लाेकपृय यी कलाकारलाई बधाई र शुभकामना दिनेहरुकाे ओइरो नै लागेकाे छ ।

यद्यपि यसबीच केही अप्रिय य समाचार पनि आएकाे छ जसका कारण अब कलाकार श्रेष्ठलाई जन्मदिनकाे शुभकामना दिनेहरुले शीघ्र स्वास्थलाभकाे कामना पनि गर्नुपर्ने भएकाे छ ।

कारण वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ ।

श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् ।

प्रतिक्रिया