राजस्थान रोयल्स ४५ रनले पराजित
नेपालखोज
२०७८ वैशाख ७ गते ८:५५

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमवार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।
मुम्बईमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको हाे ।
१८९ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्रै १४३ रन बनाउन सक्यो ।
तीन खेलमा दुईमा जीत दर्ता गरि चार अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ।
सम्बन्धित
प्रतिक्रिया