बुधबार, वैशाख १२, २०८१

गीतकार थापा र सङ्गीतकार श्रेष्ठको ‘मिठो धोका’ सार्वजनिक (भिडियो सहित)

नेपालखोज २०७८ वैशाख ७ गते ९:३३

काठमाडौं । विदेशमा बसेर नेपाली साङ्गीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गीत “मिठो धोका” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुजाता बर्माको आवाज रहेको छ। गीतकार हिरा काजी थापाको शब्द तथा प्रसिद्ध सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीत “मिठो धोका” को म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन् ।

बिगत लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका हिराकाजी थापा भर्सटायल व्यक्तित्वको रूपमा परिचित छन्। लन्डनमा बसेर इन्टरनेटको माध्यमबाट दर्जनौँ म्युजिक भिडियो निर्देशन गर्न सफल थापाले डिजिटल प्रविधिको भरपुर उपयोग गर्दै फेरि पनि आकर्षक म्युजिक भिडियो लिएर आएका हुन्।

छायाकार उत्तम हुमागाईंले छायाङ्कन गरेको भिडियोलाई निर्देशक हिराकाजी थापाले निर्देशन गरेका हुन्। त्यसैगरी भिडियोमा गौरव गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ।

सार्वजनिक म्युजिक भिडियोमा मोडल भद्रजंग कुँवर, समीक्षा पोखरेल, रिया क्षेत्री, प्रवीण डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ । भिडियोलाई निर्मातासमेत रहेका हिरा काजी थापाले नै निर्माण गरेका हुन् ।

प्रतिक्रिया