मंगलबार, असोज १, २०८१

यी हुन् भारतका महँगा गायिका !

नेपालखोज २०८१ भदौ १८ गते १५:२०

काठमाडाैं । गायिकाहरूले पनि भारतीय फिल्म उद्योगमा राम्रो छाप छोडेका छन् । आउनुहोस् जानौँ भारतका सबैभन्दा धनी महिला गायकहरू को-को हुन् ? 

तुलसी कुमार 

गुलशन कुमारकी छोरी तुलसी कुमार सङ्गीत क्षेत्रकी चर्चित नाम हुन् । तुलसी बलिउडकी सबैभन्दा महँगो गायिका हुन् । उनी एउटा गीतको ७ देखि ८ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् । 

श्रेया घोषाल 

भारतीय संगीतको इतिहासमा सबैभन्दा चर्चित महिला गायिका हुन् श्रेया घोषाल । आफ्नो करियरमा उनले धेरै उत्कृष्ट गीत दिएकी छिन् । रिपोर्टहरूमा विश्वास गर्ने हो भने श्रेया एउटा गीत गाउन २५ देखि २७ लाख रुपैयाँ लिन्छिन् । 

सुनिधि चौहान 

सुनिधि चौहानले १३ वर्षको उमेरमा आफ्नो गायन करियर सुरु गरेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । अहिले सुनिधि एउटा गीत गाउन १२ देखि १६ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । 

नेहा कक्कड 

जगरातिमा माताको भजन गाएर करियर सुरु गरेकी नेहा कक्कड अहिले बलिउड गायन क्षेत्रकी चर्चित नाम हुन् । नेहा एउटा गीत गाउन १० देखि १२ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । 

पलक मुच्छल 

यो सूचिमा पलक मुच्छलले पनि आफ्नो स्थान बनाएकी छिन् । बलिउडका लागि धेरै सुपर हिट गीत दिएकी पलक एउटा गीतको ३ लाख पारिश्रमिक लिन्छिन् । 

शिल्पा राव 

‘वेशराम रङ्ग’जस्ता ब्लकबस्टर हिट गीत दिएकी अभिनेत्री शिल्पा राव कुनै एउटा पहिचानमा भर गर्दिनन् । गीतबाहेक शिल्पाले स्टेज सोबाट पनि मनग्य आम्दानी गर्दे आएकिछिन् । रिपोर्ट अनुसार शिल्पा रावको एउटा गीतको पारिश्रमिक १४ देखि १८ लाखको बिचमा छ।

प्रतिक्रिया