बुधबार, असार ११, २०८२

सुनकाे मूल्यमा सामान्य गिरावट

नेपालखोज २०७८ वैशाख ७ गते १२:०७

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको  छ । सुनचाँदी व्यवसाय महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । 
 
हिजो सोमबार प्रतितोला ९१ हजार  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७ सय रुपैयाँ भएको छ  । 

त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । 

प्रतिक्रिया