आजको मौसमः पहाडी भू-भागका केही स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं। मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ ।

पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-२ र प्रदेश-१ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया