शुक्रबार, चैत ७, २०८१

प्रहरी कुट्ने चार युवा पक्राउ

नेपालखोज २०८१ माघ २८ गते १२:५८

तनहुँ । व्यास नगरपालिका-५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।

Advertisement

कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास-४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास-१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया