कोभिड-१९ विरुद्धको दोस्रो डोज लगाइयो (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख ७ गते १७:१७

काठमाडौं । आजदेखि कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो चरणको खोप लगाउन थालिएको हो ।

दोस्रो मात्राको खोप देशभरबाट लगाउन शुरु गरिएको छ भने काठमाडौंमा १९ वटा खोप केन्द्रबाट खोप लगाइएको छ । दोस्रो मात्रा खोप वैशाख ११ गतेसम्म लगाइनेछ । दोस्रो मात्रा खोप लगाएपछि मानिसहरुले खुशी व्यक्त गरेका छन् । कोरोनाविरुद्धको खोपले पूर्णरुपमा काम गर्ने र कोरोनालाई पराजित गर्ने विश्वास उनीहरुको छ ।

माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड-१९ विरुद्धको पहिलो मात्रा खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाउन शुरु गरीएको हो ।

प्रतिक्रिया